२६ असार २०८३, शुक्रबार | July 10, 2026

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको आधिकारीकता



काठमाडौं । नेपाली कांग्रेसको आधिकारीकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट गगन थापा नेतृत्वको टिमलै नै आधिकारीकता पाएको छ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको टिमलाई आधिकारीकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गरिदिएको छ ।

बिहीबार र शुक्रबारको सुनुवाइपछि न्यायाधिश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले देउवा र खड्काले दायर गरेको रिट खारेज गरेको हो । अदालतको आदेश आएसँगै माघबाट सुरु भएको कांग्रसको विवाद कानुनी रुपमै किनारा लागेको छ।

पूर्वसभापति देउवा र कार्यबाहक सभापति खड्काले माघ ४ गते निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै वारेस मार्फत सर्वोच्चमा रिट दायर गरेका थिए। रिट निवेदन दर्ता गरेका सो समुहबाट पूर्व उपसभापति खड्काले कांग्रेसमा कार्यकाहक सभापतिकै हैसियतमा समानान्तर गतिबिधि सञ्चालन गर्दै आएका थिए ।

६ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधिश सुनिल कुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ दिनभित्रमा विपक्षीसँग लिखित जवाफ माग गरेको थियो।

थापा नेतृत्वले अदालतमा मुद्दा कायम रहेकै अवस्थामा कांग्रेसको नियमित महाधिवेशन असोज १६ गतेदेखि १९ गतेसम्ममा गर्ने घोषणा गरेको छ। देउवा समूहले सो निर्णय विरुद्धपनि चैत २६ गते अर्को रिट दायर गर्दै यो महाधिवेशनको कार्यतालिका कार्यान्वयनमा रोक लगाउन माग गरेका थिए।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १० : २६ बजे

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ ।

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय