६ बैशाख २०८३, आइतबार | April 19, 2026

एम्बुलेन्सको ठक्करबाट योग गुरु भूमी लामिछाने सहित २ जनाको मृत्यु



बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एम्बुलेन्सको ठक्करबाट दुई जना घाइते भएका छन् ।

बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बिनी बिएए-०३-०५ एम्बुलेन्सले आज बिहान सडकमा पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रहरीका अनुसार गुलरिया(७ स्थित वन डिभिजन कार्यालय नजिक एम्बुलेन्सले बिहानै योग गर्न आयुर्बेद अस्पताल जाँदै गरेका चार जनालाई ठक्कर दिएको हो । दुर्घटनामा गुलरिया नगरपालिका ५ का स्थानीयउ ५५ वर्षीय भूमि लामिछाने र उनका अन्दाजी ट(७ वर्षीय नाति रिहान्स खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए।

दुर्घटनामा मृतक भूमिकी पत्नि सीता लामिछाने र अर्का स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्। उनीहरूको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि पठाइएको प्रहरी निरीक्षक कार्कीले बताए ।

बिहानै योग गर्न आयुर्बेद अस्पताल जाने क्रममा सडक पार गरिरहँदा तीव्र गतिमा आएको एम्बुलेन्सले उनीहरूलाई एकसाथ ठक्कर दिएको हो।

एम्बुलेन्सको ठक्करबाट मृत्यु भएका लामिछाने योग गुरुसमेत रहेका प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १० : ४४ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका