५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नेपाल-यूएई टी-२० सिरिज आजदेखि, ऐरीको कप्तानीमा पहिलो खेल



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईविरुद्ध दुई खेलको टी-२० सिरिजको पहिलो खेल खेल्दैछ । खेल अपराह्न ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल र यूएई साढे दुई वर्षपछि कीर्तिपुरमा आमनेसामने हुन लागेका हुन् । नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टोलीको नेतृत्व सम्हाल्ने छन् ।

युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीले टी–२० मा नयाँ सुरुवात गर्ने लक्ष्य राखेको छ । टोलीमा ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् ।

वैकल्पिक खेलाडीका रूपमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेलका लागि ‘खल्ती’ एपमार्फत टिकटको व्यवस्था गरेको जनाएको छ । सिरिजअन्तर्गत दोस्रो खेल भोलि हुनेछ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ८ : ०६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं