१० असार २०८३, बुधबार | June 24, 2026

अमेरिकी सहायक विदेशमन्त्री पल कपुर काठमाडौंमा, उच्चस्तरीय भेटवार्ता गर्ने



काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पल कपुर तीनदिने औपचारिक भ्रमणका लागि सोमबार बिहान काठमाडौं आइपुगेका छन्।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार भ्रमणका क्रममा कपुरले अमेरिका–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सांस्कृतिक क्षेत्रका विज्ञहरूसँग भेटघाट गर्नेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेपाल आउने उनी पहिलो उच्चस्तरीय अमेरिकी कूटनीतिज्ञ हुन्।

भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्ले सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। मंगलबार बिहान ९:३० बजे परराष्ट्र मन्त्रालयमा खनालसँग र त्यसपछि बिहान १०:३० बजे अर्थ मन्त्रालयमा वाग्लेसँग भेट हुने जनाइएको छ।

नेपाल बसाइका क्रममा कपुरले पाटन दरबार स्क्वायर को अवलोकनसमेत गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ११ : ४९ बजे

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा

क्रोएसियाको पहिलो जित, पानामा विश्वकपबाट बाहिरियो

काठमाडौं । पूर्व उपविजेता क्रोएसियाले पानामालाई १-० गोल अन्तरले पराजित

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी