२९ भदौ २०८३, सोमबार | September 14, 2026

गृहमन्त्री गुरुङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांगेसको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरुङमाथि लागेका विभिन्न आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तत्काल प्रारम्भ गर्न सरकारसँग माग गरेको छ।

सोमबार पार्टीका प्रवक्ता देवराज चालिसे द्वारा जारी प्रेस विज्ञप्तिमा गृहमन्त्रीसँग सम्बन्धित पछिल्ला घटनाक्रमहरूले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएका गम्भीर प्रश्नहरू उठाएको उल्लेख गरिएको छ। कांग्रेसले यस्ता विषयमा ढिलासुस्ती वा ढाकछोप गरिए जनविश्वासमा गम्भीर असर पर्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, “गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्। यस विषयलाई प्रभाव, ढिलासुस्ती वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ।” कांग्रेसले पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले तथ्यमा आधारित, विश्वसनीय छानबिन अपरिहार्य रहेको पनि जनाएको छ।

गृहमन्त्री गुरुङमाथि हालै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्ट सँग व्यापारिक साझेदारी रहेको आरोप सार्वजनिक भएको छ। त्यस्तै, जेनजी आन्दोनलपछि खरिद गरिएको शेयर सम्पत्ति विवरणमा उल्लेख नगरिएको भन्ने विषय पनि उठाइएको छ।
यस्तै, कांग्रेसले गृहमन्त्री पदमै रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनका लागि आवश्यक वातावरण सुनिश्चित गर्न गुरुङले राजीनामा दिनुपर्ने माग पनि अघि सारेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १ : ४६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ