१० भदौ २०८३, बुधबार | August 26, 2026

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ



बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई पक्राउ गरिएको छ । पाल्पाकी एक महिलाको असुरक्षित गर्भपतन गराउने क्रममा मृत्यु भएपछि तीन फर्मेसीमा कार्यरत गर्भपतनमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जोनल क्लिनिककी निलम घर्तीमगर र सन्ध्या बस्नेत तथा इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डे रहेका छन्। घटनाको अनुसन्धान बारे थप विवरण दिन भने प्रहरीले अस्वीकार गरेको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका–२ की गीता पाण्डेको बुटवलमा गर्भपतन गराउने क्रममा मृत्यु भएपछि मृतकका श्रीमानले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाल्पाकी पाण्डे करिब १२ हप्ताको गर्भ अस्वस्थ भएको भन्दै चैत २७ र वैशाख ५ गते आफ्नो श्रीमानसहित गर्भपतनका लागि पाल्पाबाट बुटवल आएकी थिइन् । पाण्डे सुरुवातमा इट्टाभट्टीस्थित खत्री नर्सिङ होममा नियमित फलोअपसहित उपचारका लागि पुगेकी थिइन्। त्यहाँबाट थप उपचारका उनलाई जोनल फार्मेसीमा रिफर गरिएको थियो। जोनल फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मीले उनलाई गर्भपतन गराउने औषधि सेवन गराएका थिए । औषधी सेवनबाट गर्भ नझरेपछि उनलाई सोही क्षेत्रको इन्दुलेखा क्लिनिकमा लगिएको थियो। त्यहाँ समेत थप औषधि प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको थियो । त्यसबाट पनि गर्भ नझरेपछि सोही क्लिनीकका चिकित्सक डा. सतिश रुपाखेतीले शल्यक्रिया गरेको मृतकका जेठाजु सन्तोष पाण्डेले बताए । उनका अनुसार शल्यक्रियाका क्रममा बेहोस बनाइएकी पाण्डेको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हतार हतार उनलाई लुम्बिनी सिटी अस्पताल पुर्‍याइएकोमा त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको विवरण सहित कानुनी कारबाहीको माग गर्दै मृतकका श्रीमानले घटनाबारे जाहेरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए । अनुसनधानका क्रममा घटनामा संलग्न फार्मासिस्ट र सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसनधान थालिएको डीएसपी श्रीवास्तवले बताए । शल्यक्रिया गर्ने डा. रुपाखेती भने फरार भएको बताइएको छ ।

खत्री नर्सिङ होमका सञ्चालक डिबि खत्री , जोनल फार्मेसीका सञ्चालक बिष्णु गौतम र इन्दुलेखा क्लिनकका सञ्चालक सतिश रुपाखेती हुन् । पीडितका पक्षबाट जाहेरी दिने प्रकाश पाण्डेले क्लिनिक संचालकहरु विरुद्ध किटानी जाहेरी दिएपनि संचालकहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन ।

बुटवल क्षेत्रमा अवैध रूपमा गर्भपतन गराउने क्लिनिक तथा फार्मेसीहरूको संख्या बढ्दो रहेको गुनासो आइरहेका बेला यो घटना सार्वजनिक भएको हो । पछिल्लो समय बुटवल अवैध र असुरक्षित गर्भपतन गराउने केन्द्र बन्दै गएको सरोकारवालाले बताउने गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  २ : १९ बजे

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन