२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

ईरानमाथि बमबारी गर्ने धम्की दिएका ट्रम्पले किन बढाए युद्धविराम ?



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धविराम अनिश्चितकालका लागि बढाउने निर्णय गरेका छन् । यो निर्णय केही घण्टाअघि उनले लिएको आक्रामक रुखसँग ठूलो यू(टर्न जस्तै देखिन्छ।

ट्रम्पले यो घोषणा गर्नुभन्दा केही घण्टा अगाडि सीएनबीसीसँग कुरा गर्दै भनेका थिए, “मलाई आशा छ कि हामी (ईरानमाथि) बमबारी गर्नेछौँ,” । उनले अमेरिकी सेना “पूर्ण रूपमा तयार” रहेको पनि बताएका थिए। उनले ईरानभित्रका पुलहरू र विद्युत् संयन्त्रहरू नष्ट गर्ने धम्की पनि दोहोर्‍याएका थिए।

तर अहिले, वर्तमान युद्धविराम सकिन केही घण्टा मात्र बाँकी हुँदा उनले संघर्षलाई अनिश्चित समयका लागि स्थगित गर्ने सहमति जनाएका छन्। उनले यो निर्णय पाकिस्तान सरकारको अनुरोधमा लिएको बताएका छन्।

आन्तरिक दबाब ?
ट्रम्पको युद्धविराम विस्तारको घोषणाले धेरै कुरा स्पष्ट पार्छ । यसले आगामी दिनमा वार्ताको सम्भावनाबारे पनि संकेत दिन्छ।

उनको वक्तव्यले देखाउँछ कि हाल उनलाई पनि ईरानको प्रस्ताव के हो भन्ने स्पष्ट छैन, र ईरान सरकारभित्र अन्तिम निर्णय कसले लिन्छ भन्नेमा पनि अनिश्चितता छ।

यो त्यही धारणा हो, जसलाई ट्रम्पले पहिले पनि दोहोर्‍याउँदै आएका थिए—ईरानको नेतृत्व कमजोर भइसकेको छ र निर्णय प्रक्रियामा अव्यवस्था छ।

उनको निर्णयले यो पनि देखाउँछ कि उनी अहिले ईरानसँग फेरि ठूलो स्तरमा युद्ध सुरु गर्न चाहँदैनन्।

अमेरिकाभित्रको घरेलु राजनीति र तेलको मूल्यमा पर्ने असरका कारण फेरि युद्ध सुरु गर्नु ट्रम्पका लागि कठिन हुन सक्थ्यो।

ध्यान दिनुपर्ने कुरा के हो भने उनले युद्धविरामको कुनै समयसीमा तोकेका छैनन्। यसले समाधान खोज्न लचकता दिन्छ।
तर, ईरानी बन्दरगाहहरूमाथि अमेरिकी नाकाबन्दी अझै जारी छ। ईरानले यसलाई युद्धको कार्यका रूपमा हेर्छ, र यो आगामी वार्तामा ठूलो अवरोध बन्न सक्छ।

यस अवस्थामा ईरानले चाहे तनाव बढाउन सक्छ वा पर्सिएन गल्फ र स्टेट अफ हर्मुजमा साना संघर्ष सुरु गर्न सक्छ।

युद्ध जारी राख्ने इच्छामा कमी
ट्रम्पले यो निर्णय गरेर आफूलाई थप समय दिएका छन्। यसअघि उनले ईरानलाई चेतावनी दिएका थिए-“या त सम्झौता गर, नत्र बुधबारदेखि युद्ध फेरि सुरु हुनेछ।” तर त्यही चेतावनीपछि उनले युद्धविराम अनिश्चितकालका लागि बढाएका छन्।

यसले देखाउँछ कि उनले ठूलो हवाई आक्रमण तुरुन्तै सुरु नगर्ने निर्णय गरेका छन्, तर भविष्यमा फेरि यस्तो निर्णय लिनुपर्ने सम्भावना भने रहन्छ। कहिले भन्ने चाहिँ स्पष्ट छैन। उनले केवल यति भनेका छन् कि ईरानलाई “एकीकृत प्रस्ताव” ल्याउन थप समय दिइएको छ।

पछिल्ला दुई हप्तामा यो दोस्रो पटक हो, जब उनले युद्ध विस्तार गर्ने धम्कीबाट पछि हटेका छन्। यसले संकेत गर्छ कि उनी अब यो संघर्षलाई क्रमशः अन्त्य गर्नेतर्फ झुकिरहेका छन्।

बीबीसीबाट

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ९ : १३ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री