६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम



बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आउन थालेको छ ।

विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले स¬ङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो । फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि सङ्क्रमण नियन्त्रणम आउन थालेको हो ।

खोप लगाउनुभन्दा पूर्वदैनिक १० देखि १५ जना दादुराका शङ्कास्पद बिरामी अस्पतालमा आउने गरेकामा पछिल्लो आठ दिनपछि मङ्गलबार निसीखोला गाउँपालिकाको एक जना शङ्कास्पद बिरामी बुर्तिबाङ अस्पतालमा भर्ना भएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए। हालसम्म २३९ जना शङ्कास्पद बिरामी परेका थियो । चौतीस जना शङ्कास्पद बिरामीको नमूना परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा १४ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको प्रमुख शर्माको भनाइ छ ।

हालसम्म छ हजार १४० जना १० देखि १९ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए। हालसम्म एक जनाबाहेक सबै शङ्कास्पद बिरामी निको भइसकेको उनी बताउँछन् ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ९ : ३९ बजे

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार