बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका २ जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गर्भपतन गराउने क्रममा पाल्पाकी गीता पाण्डेको मृत्यु भएपछि उनका आफन्तले दिएको उजुरीका आधारमा थप २ जना चिकित्सकलाई प्हरीले पक्राउ गरेको हो ।
आज पक्राउ पर्नेमा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दुलेखा स्वास्थ्य संस्था प्रा.लि.का सञ्चालक डा. सतिस रुपाखेती र।हेका छन् । यसअघि इन्दुलेखा स्वास्थ्य संस्थाका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसी सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको थियो ।
करिब १२ हप्ताकी गर्भवती पाण्डे वैशाख ५ गते श्रीमानसँग बुटवलको इँटाभट्टीस्थित खत्री नर्सिङ होम पुगेकी थिइन् । खत्री मेडिकलले रिफर गर्दै जोनल फार्मेसी र इन्दुलेखा क्लिनिक पुर्याउँदा सम्म पाण्डेको मृत्यु भएको थियो । गर्भपतन गराउन भन्दै एकले अर्को क्लिनीकमा रिफर गर्दै लापरवाहीपूर्ण तरकिाले गर्भपतन गराउँदा पाण्डेको मृत्यु भएको भन्दै मृतकका श्रीमान प्रकाश पाण्डेले इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएका थिए ।
घटनापछि मृतकका आफन्तले खत्री मेडिकल हल, इन्दुलेखा क्लिनिक र जोनल फार्मेसीमा तालाबन्दी गरेका छन् । दोषीमाथि कडा कारबाहीको माग गर्दै उनीहरूले केही समय पूर्व–पश्चिम राजमार्गअन्तर्गत चौराहा क्षेत्रमा सडक अवरुद्ध समेत गरेका थिए ।
मृतकका श्रीमान् प्रकाश पाण्डेले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले सन्ध्या बस्नेत, निलम घर्ती मगर र खगेन्द्र पाण्डेलाई सोमबार तथा डा. डीबी खत्री र डा. सतिस रुपाखेतीलाई मंगलबार पक्राउ गरेको जनाएको छ ।
हाल मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ
गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग


















प्रतिक्रिया