१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प



नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले गर्मी खप्न नसक्ने अवस्थाले सर्प चिसोको खोजीमा बाहिर निस्कँदा केहीको घरमा पसेको उल्लेख गर्दै ती सर्पको उद्धार गरिएको बताए। “अहिले दैनिकजसो एउटा सर्पको बस्तीबाट उद्धार गरिएको छ र कहिलेकाहीँ दिनमा तीन सर्पको समेत उद्धार गरिएको छ”, उनले भने।

उनले अहिलेको गर्मीमा विगतको वर्षभन्दा बढी सर्प जमिन बाहिर देखिएको जानकारी दिँदै ती सर्पको उद्धार गरेर जङ्गलमा लगेर छाडिएको बताए । यस आर्थिक वर्षमा चिसोयाममा समेत सर्पको उद्धार भएको थियो ।

उनले अहिलेसम्म यस आर्थिक वर्षमा १४० विभिन्न प्रजातिका सर्पको उद्धार गरिएको जानकारी दिए । सर्प उद्धार गर्नका लागि सशस्त्र वनरक्षक थीरबहादुर थापाको संयोजकत्वमा उद्धार टोली गठन गरिएको गुप्ताको भनाइ छ ।

सो टोलीलाई केही उपकरणसहित सामान्य तालिम दिइएको उल्लेख गर्दै उनले नेपालगन्जबाहेक कोहलपुरबाट समेत सर्पको उद्धार भएको बताए । बाँके राष्ट्रिय निकुञ्ज तथा त्यसको मध्यवर्ती क्षेत्रबाहेक जिल्लाका सम्पूर्ण भूभाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने डिभिजन वन कार्यालयले जनाएको छ ।

यसैबीच, बाँकेमा वनमा हुने आगलागीका घटना नियन्त्रण गर्न ‘फायर एम्बुलेन्स’ टोली तयारी अवस्थामा राखिएको छ । वन अधिकृत गुप्ताले अग्नि हेरालुसहित वनमा फायर लाइन बनाउने काम जारी रहेको बताए । बाँके राष्टि निकुञ्जबाट सरेको आगो शम्शेरगन्जमा निभाइएको उनको भनाइ छ । “केही आगालगी वनमा भएको थियो तर अहिले नियन्त्रणमा आइसकेको छ”, उनले भने ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १ : ३४ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से