१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात



वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १० अर्ब १९ करोडअर्थात् १५ प्रतिशत बढी आयात भएको हो ।

जबकी गत आवको नौ महिनामा भने रु ६९ अर्ब ३५ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै १५ प्रतिशत निर्यात बढेको बताए । यो नाका हुँदै चालु आवको नौ महिनामा रु ४३ अर्ब ६१ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ ।

जबकी गत आवको सोही अवधिमा भने रु ३६ अर्ब ६२ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको थियो । चालु आवको नौ महिनामा पाँच अर्ब ८४ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ भने गत आवको सोही अवधिमा भने रु पाँच अर्ब ७७ करोड मूल्य बराबरको निर्यात भएको थियो ।

त्यस्तै चालु आवको नौ महिनामा पाँच अर्ब २४ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने रु ५९ करोड मूल्यको मात्रै भएको थियो । चालु आवको नौ महिनामा रु पाँच अर्ब पाँच करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने रु छ अर्ब ६१ करोड मूल्यको भएको थियो । चालु आवको नौ महिनामा रु दुई अर्ब ६९ करोड मूल्यको विभिन्न किसिमका कपडा निर्यात भयो । त्यस्तै चालु आवको नौ महिनामा एक अर्ब ९४ करोड मूल्य पर्ने सिन्थेटिक यार्न निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ८ : ०५ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको