२ भदौ २०८३, मंगलबार | August 18, 2026

सरकारद्वारा राष्ट्रपतिसमक्ष संसद् अधिवेशन स्थगनको सिफारिस, नयाँ मिति अनिश्चित



काठमाडौं । सरकारले यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गर्न राष्ट्रपतिको कार्यालयमा पत्र पठाएको छ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख ९ गते वैशाख १७ का लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए। तर, सरकारले बिहीबार उक्त मितिमा अधिवेशन सञ्चालन गर्न नसकिने जनाउँदै अधिवेशन रोक्न शीतलनिवासमा नयाँ पत्राचार गरेको हो।

राष्ट्रपतिको सचिवालयका अनुसार सरकारले पठाएको पत्रमा अधिवेशन कहिले पुनः आह्वान गर्ने भन्ने नयाँ मिति उल्लेख गरिएको छैन।

वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले ९ गते अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेका थिए । अहिले सरकारले नै उक्त मितिमा अधिवेशन राख्न नसकिने भन्दै स्थगित गर्न सिफारिस गरेको छ । के कारणले १७ गते संसद अधिवेशन आह्वान गर्न नसकिने हो भन्नेबारे खुलिसकेको छैन ।

 

 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ५ : १५ बजे

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा मुख्य न्यायाधीशसहित छ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो)

कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै, महाधिवेशनको पूर्व तयारी सुरू

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको