५ असार २०८३, शुक्रबार | June 19, 2026

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ



काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना दिँदै प्रहरीले माइकिङ गरेको छ।

शुक्रबार साँझसम्म बस्ती खाली गर्न निर्देशन दिँदै प्रहरीले माइकिङ गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा प्रहरीले वैशाख १२ गते बिहान ६ बजेदेखि थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी अनुसार माइकिङ गरिएको छ ।
बिहीबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको भ्यानसहित पुगेको महानगर प्रहरी टोलीले माइकिङ गर्दै वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने जानकारी गराएको छ ।

उता, संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले भने बल प्रयोग गरेर बस्ती हटाउन खोजिए प्रतिवाद गर्ने चेतावनी दिएको छ। बिहीबार बसेको मोर्चाको बैठकले बस्ती हटाउने प्रयास भए प्रतिकार गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री शाहले मंगलबार सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर जस्तोसुकै अवस्थामा पनि सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ८ : १६ बजे

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र