१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा



नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल–२०८३’ को तयारी पूरा भएको छ । होटल व्यवसायी संघ बाँके नेपालगन्ज र होटल संघ नेपाल बाँकेको संयुक्त आयोजनामा हुन लागेको उक्त फेस्टिबलको तयारी पूरा भएको आयोजकहरुले जनाएका छन् । आज साँझ कार्यक्रमस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी फेस्टिभलको तयारीबारे जानकारी दिइएको हो ।

फेस्टिबल वैशाख ११ गतेदेखि १३ गतेसम्म नेपालगन्जको सुर्खेत रोडस्थित वाटरपार्क क्षेत्रमा सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले पर्यटन प्रवर्द्धन, स्थानीय परिकारको पहिचान र होटल व्यवसायको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले नेपालगन्ज लगायत पश्चिम नेपालका स्वदेशी पर्यटकका साथै छिमेकी मुलुक भारतका पर्यटकलाई भित्र्याई नेपालगन्ज क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य राखेर फेस्टिबलको आयोजना गरिएको बताए ।

होटल संघ बाँकेका अध्यक्ष दिवाकर खनालले फेस्टिबलमा स्ट्रीट फुडदेखि पाँच तारे होटलका विभिन्न परिकार एउटै स्थानमा उपलब्ध गराइने जानकारी दिए । भारतीय नागरिकलाई निशुल्क र नेपालीलाई न्यनतम शुल्कका फेस्टिवल अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको उनले बताए ।

स्थानीय तथा आधुनिक खानाका परिकारसँगै पेय पदार्थ, सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएको होटल संघका उपाध्यक्ष केशव न्यौपानेले बताए ।

आयोजकका अनुसार कार्यक्रममा करिब ४० वटा स्टल रहनेछन् । स्थानीय कलाकारहरूको प्रस्तुति, लाइभ म्युजिक, नृत्य तथा चर्चित कलाकार गायक रामकृष्ण ढकाल, नायक विजय बराल, नायिका बर्षा रावत, हाँस्य कलाकार मेक्सम गौडेल लगायतको सहभागिताले फेस्टिभललाई आकर्षक बनाउने आयोजकको विश्वास छ । फेस्टिबलमार्फत नेपालगञ्जलाई ‘फुड डेस्टिनेशन’का रूपमा चिनाउने, स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ । कार्यक्रमको व्यवस्थापनका लागि मूल समिति र उपसमितिहरू सक्रिय रूपमा खटिएको जनाइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ११ : ०९ बजे

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न