११ असार २०८३, बिहिबार | June 25, 2026

अस्पताल परिसरको सरसफाईमा ध्यान दिन अनुगमन टोलीको निर्देशन



खजुरा । वालेन्द्र सरकारको शासकीय सुधारका १०० दिने कार्यसूची अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएको अनुगमन टोलीले आज बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गरेको छ । मन्त्रालयबाट खटिएका डा. नरेन्द्रकुमार खनाल र श्रीराम तिवारीको टोलिले आज क्यान्सर अस्पतालको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा खजुरा क्यान्सर अस्पतालका प्रशासक तथा चिकित्सकहरुसँग अन्तरक्रिया गर्दै शासकीय सुधारका १०० कार्यसूचीको १६ नम्बर बुँदामा उल्लेख भएको कर्मचारीहरुको कार्यसम्पादन सूचक तयार गर्न र अध्यावधिक गर्न अस्पताल प्रशासनलाई आग्रह गरे । विरिष्ठ चिकित्सा विशेषज्ञ डा नरेन्द्रकुमार खनालले अस्पतालको सेवा सरसफाईबाट देखिने भएकाले सरसफाईमा विशेष ध्यान दिन अनुरोध गरे । सरसफाईकै आधारमा अस्पतालको मुल्यांकन सुरुहुने उल्लेख गर्दै सरकारी अस्पतालहरुको सरसफाई तारे होटलहरुको भन्दा कम हुन नहुने स्पष्ट पारे ।

अस्पतालका कार्यकारी निर्देशक डा. ज्वलन्त पौडेलले अस्पतालमा विकास समिति नभएका कारण रिक्त जनशक्ति राख्न नसकिएको गुनासो गरे । छाडेर गएको जनशक्ति परिपूर्ती गर्न विकास समिति नभएका कारण नसकिएको जनाउँदै जनशक्ति व्यवस्थापनको बैकल्पिक ब्यवस्था गर्न उनले माग गरे ।

झण्डै १ वर्ष अघि विकास समितिको कार्यावधि सकिएर खाली भएको खजुरा क्यान्सर अस्पतालमा सरकारले अझै विकास समिति गठन गरेको छैन ।

अस्पतालका चिकित्सक तथा सूचना अधिकारी बालबालिका व्यवस्थापनको लागि विद्यालय र सरकारी कर्मचारीको समय समान हुनुपर्ने सुझाव दिए । अस्पताल र विद्यालयको फरक समयका कारण बालबालिकाको व्यवस्थापनमा असहज भएको जनाउँदै उनले कार्यालय समयमा समानता हुनुपर्ने सुझाव दिए । उनले कन्सल्टेन्ट विशेषज्ञलाई ब्रेक टाईम व्यवस्था गर्न पनि माग गरे ।

स्थानीयबासीले मुट्ठी दानबाट निर्माण गरेर १० वर्ष अघि संघीय सरकारलाई हस्तान्तरण गरेको क्यान्सर अस्पताल हालसम्म शुन्य दरबन्दीमा करार र ज्यालादारी स्वास्थ्यकर्मी र कर्मचारीबाट सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ५ : ३१ बजे

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, हजारौँको मृत्युको आशंका

काठमाडौं । भेनेजुएलाको राजधानी काराकास आसपास क्षेत्रमा केही सेकेन्डको अन्तरालमा