१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

थापाथली हटाइएका सुकुम्बासीमध्ये २२ परिवार मात्रै सरकारको सम्पर्कमा



काठमाडौं । राजधानीका नदी किनारका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत विस्थापित सुकुम्बासीको व्यवस्थापनका लागि सरकारले थालेको नाम दर्ता प्रक्रियामा शनिबार दिउँसो १ बजेसम्म जम्मा २२ परिवार मात्रै सम्पर्कमा आएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सरकारले नाम दर्ता प्रक्रिया जारी राखेको छ। थापाथलीस्थित सुकुम्वासी बस्तीबाट ९ परिवार र गुह्येश्वरी फाँटबाट १३ परिवारले दर्ता गराएका छन्।

सरकारले थापाथलीबाट हटाइएका सुकुम्वासी परिवारलाई राधास्वामी सत्सङ्ग क्षेत्रमा अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सार्वजनिक पर्ती जग्गा फिर्ता गर्ने तथा ‘सक्कली’ र ‘नक्कली’ सुकुम्वासी छुट्याउने उद्देश्यसहित थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका अनधिकृत बस्ती हटाउने अभियान सञ्चालन गरिएको हो। शनिबार बिहानैदेखि ती क्षेत्रमा बस्ती खाली गराउने काम अघि बढाइएको छ।

यस आधारमा अन्यत्र सम्पत्ति भएका तर सुकुम्वासीका नाममा सार्वजनिक जग्गा ओगटेर बसेकालाई कुनै विकल्प नदिइने र उनीहरूको विवरण सार्वजनिक गरिने तयारी सरकारले गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  १ : ५१ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा