२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

कपिलवस्तुमा स्कारपियो-ट्रक ठक्कर, दुईको मृत्यु, तीन घाइते



कपिलवस्तु । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । हुलाकी सडकखण्डअन्तर्गत गएराति भएको सवारी दुर्घटनामा थप तीनजना घाइते भएका छन् ।

जिल्लाको कपिलवस्तु नगरपालिका-१२ पिप्रराहवामा रोकिराखेको ट्रकसँग भारतीय नम्बरको स्कारपियो ठोक्किँदा दुर्घटना भएको हो ।

बहादुरगंजबाट तौलिहवातर्फ आउँदै गरेको यूपी ३२ सीए ८३४३ नम्बरको स्कारपियो साइडमा रोकिएको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किँदा कपिलवस्तु नगरपालिका-११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका-६ का ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए ।

शनिबार साँझ भएको दुर्घटनामा महाराजगञ्ज नगरपालिका-११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका-१० का २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज नगरपालिका-११ का २० वर्षीय सुरेश कुर्मी घाइते भएका छन् ।

प्रहरीका अनुसार स्कारपियो अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ८ : ३४ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री