२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध



रुकुमपूर्व । शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

भारी वर्षाका कारण यहाँका दर्जनौँ ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो । अन्य सहायक मार्ग पनि पहिरोका कारण अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले जानकारी दिए।

उनका अनुसार मध्यपहाडी लोकमार्गको धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री, सीतालगायत ठाउँमा पहिरो झरेको छ । यसैगरी, मुरुका दुई स्थानमा पहिरो झरेको छ भने पहिरोकै कारण धाउन्ने सडकखण्ड पनि अवरुद्ध हुन पुगेको छ ।

प्रहरी सहायक निरीक्षक थापाले भूमे गाउँपालिकाको स्काभेटरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको जानकारी दिँदै मौसममा सुधार नआएसम्म यात्रा गर्दा जोखिम हुने भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रहसमेत गरे ।

शनिबार साँझ करिब ६ः०० बजेदेखि रुकुमपूर्वमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । वर्षासँगै आएको असिनाले गहुँबालीमा क्षति पुगेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १ : ४१ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु