२२ भदौ २०८३, सोमबार | September 7, 2026

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन



बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालनमा आएको छ । विशेषगरी गुल्मीको छापचौर, फोक्सिङ, भुर्तुङ, पूर्तिघाट, कोरेङ लगायतका ठाउँमा उत्पादिन कृषिजन्य खाद्य वस्तु विक्री वितरण गर्ने गरी कुशुम बहुउद्देश्यीय सहकारी संस्थाले कृषि मार्ट सञ्चालनमा आएको हो ।

कोशेली घरको उद्घाटन आइतबार भुर्तुङ छापचौर तराई सम्पर्क मञ्चका अध्यक्ष क्याप्टेन राजकुमार केसीले उद्घाटन गरे । सो अववसरमा बोल्दै केसीले बजारमा अर्गानिक उत्पादनको माग बढदै गएकोले सबैको चाहना अनुसार मार्ट सञ्चालन हुने बताए । गाउँमा उत्पादनको बजार ग्यारेन्टी भए किसानमा कृषि उत्पादनमा हौसला बढने बताए ।

सहकारीका अध्यक्ष केशवराज ढकालले मार्टमा अर्गानिक खाद्यवस्तु र हस्तकलाका सामग्री विक्री गरिने बताए । मार्टमा आटो, पिठो, गेडागुडीदेखि सबै सबैजसो गाउका उत्पादनहरु उपलब्ध हुने ढकालले बताए । सहकारीका सञ्चालक मनोज घिमिरेले ‘किसानको आलीदेखि उपभोक्ताको थालीसम्म’ अर्गानिक उत्पादन भन्ने नाराका साथ अघि बढेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले विषादीरहित खाद्यवस्तुमा माग बढदै गएको बताउदै माटमा त्यस्ता वस्तु विक्री वितरण गर्न सुझाव दिए । माटमा ८ जना युवाहरुको लगानी गरेका छन । केशवराज ढकाल, मनोज घिमिरे, सागर शर्मा, सुरेन्द्रमान भारी, राजकुमार दाहाल, मथुरा आचार्य, कृष्ण कार्की र विमला शर्मा रहेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ४ : २० बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा