१४ बैशाख २०८३, सोमबार | April 27, 2026

नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने



काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने भएको छ। उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेताका लागि आङ्देम्बेको नाममा सहमति जुटाएसंगै कांग्रेस संसदीयदलले आङदेम्बेलाई दलको नेता चयन गर्ने निश्चित भएको हो ।

पूर्वसहमहामन्त्री अर्जननरसिंह केसीले दलको नेताको दाबी छाडेर आफु प्रतिस्पर्धामा नरहेको बताएपछि आङ्देम्बेको नाममा सर्वसम्मित भएको बताइएको छ ।

केसीका साथै सांसदहरू मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिर्दोष आलाम र चन्द्रमोहन यादवलगायतले दलको नेतामा दाबी गरेका थिए।

आङदेम्बे पार्टीको पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद हुन्। उनी पार्टीको १४ औं महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए । एकताको सन्देश दिनका लागि पनि आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने आवाज कांग्रेसभित्र उठ्दै आएको छ ।

गगन थापालाई सभापति चयन गरेको विशेष महाधिवेशनमा भने आङदेम्बे सहभागी भएका थिएनन् । यद्यपि, उनले आफूलाई कुनै समूहको लेबल नलगाउन र आफू सभापति थापाको स्पिरिट अनुसार काम गर्न तयार रहेको भन्दै फेसबुक स्टाटस लेखेका थिए ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति गगन थापाले आङदेम्बेका नाम सर्वसम्मतका लागि पेश गर्नेछन्।

केन्द्रीय कार्यसम्पादन समितिबाट अनुमोदन भएपछि आज दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने दलको बैठकले नेता चयन गर्नेछ। कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दलको नेता सहमति जुटेको पुष्टी गरे।

देउवा र थापा पक्षसँग समदुरीको सम्बन्धमा बसेका आङदेम्बे संसदको पहिलो बैठकमा बोल्दा भने थापाको पक्षमा प्रष्ट उभिएका थिए।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १ : ५७ बजे

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन कार्यदल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा

दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

काभ्रेपलाञ्चोक । शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी

सरकारका प्रवक्ता भन्छन् – टीयू क्रिकेट मैदान भत्किने हल्ला निराधार

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित