११ असार २०८३, बिहिबार | June 25, 2026

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश



काठमाडौं । चलचित्र लालीबजार को प्रदर्शनमा उच्च अदालत पाटनले तत्कालका लागि रोक लगाएको छ । न्यायाधीश प्रकाश ढुंगाना को एकल इजलासले मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत सम्बन्धित निकायका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै वैशाख २२ गतेसम्म चलचित्र प्रदर्शन नगर्न आदेश दिएको हो ।

चलचित्रका केही शब्द र प्रस्तुतिप्रति आपत्ति जनाउँदै बादी समुदायको तर्फबाट रोशनी नेपाली ले वैशाख १४ गते रिट निवेदन दायर गरेकी थिइन् । सो रिटमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले मन्त्रालयसहित सम्बन्धित निकायलाई १५ दिनभित्र कारणसहितको लिखित जवाफ पेस गर्न पनि निर्देशन दिएको छ । साथै, वैशाख २२ गते दुवै पक्षबीच संयुक्त इजलासमा छलफल हुने तय भएको छ । सोही छलफलपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे अन्तिम निर्णय गरिनेछ ।

यदि अन्तरिम आदेशले निरन्तरता पायो भने रिटको अन्तिम किनारा नलागेसम्म चलचित्र प्रदर्शन रोकिनेछ । निर्देशक यम थापा को निर्देशनमा बनेको यो चलचित्र वैशाख १८ गतेदेखि प्रदर्शन गर्ने तयारीमा थियो ।

चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ ।

कार्यकारी निर्माता प्रदीप भट्टराई रहेको यस चलचित्रका निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ हुन् । बादी समुदायका महिलाको कथावस्तुमा आधारित यो चलचित्रप्रति सोही समुदायभित्रै समर्थन र विरोध दुवै देखिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ३ : ३७ बजे

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तरराष्ट्रिय बजारमा कच्चा

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

पाल्पा । यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा विपक्षीको नाममा कारण देखाऊ आदेश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण सम्बन्धी

विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी