१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने



काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी सेवा वितरण हुने जानकारी दिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट भएको निर्णय कार्यान्वयन गर्दै प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी वितरण सेवा हुलाकमार्फत नागरिकको घरदैलोमा पुर्‍याउन आज काठमाडौँ प्रशासन र गोश्वारा हुलाक कार्यालय, काठमाडौँबीच सम्झौतापत्रमा हस्ताक्षर भई कार्य सुरु गरिएको हो ।

काठमाडौँ प्रशासनका प्रवक्ता, सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले उक्त सम्झौतासँगै अब सेवा सुरु गरिएको जानकारी दिए । त्यसका लागि सेवाग्राहीलाई छनोटको विकल्प राखिएको उनले बताए ।

काठमाडौँ प्रशासनले आजै एक सूचनामार्फत भनेको छ, “यस कार्यालयबाट राहदानीका लागि आवेदन गर्ने सेवाग्राहीहरूलाई आफ्नो राहदानी हुलाक सेवामार्फत घरमै लिन चाहनुहुन्छ वा यस कार्यालयबाट बुझी लिन चाहनुहुन्छ भन्ने विषयमा छनोटको विकल्प दिइएको हुँदा राहदानी आवेदन गर्दाकै बखत उक्त विषय स्पष्ट रूपमा कर्मचारीसमक्ष खुलाउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी पासपोर्ट, नागरिकता, प्रतिलिपि, लाइसेन्सलगायत सरकारी कागजातहरू/सामग्रीहरू घरमै पुर्‍याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ९ : ०१ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका