२ श्रावण २०८३, शनिबार | July 18, 2026

नुवाकोटबाट बुटवल झर्दै गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु



बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर ओरोलो सडकमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु बाणगंगा नगरपालिका-९ भलवाडकी १९ वर्षिया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगर, रामपथकी १८ वर्षिया पुर्णीमा उचाई मगर रहेका छन् । दुर्घटनाबाट स्कुटर चालक बाणगंगा ७, बनगाईका सुमन श्रेष्ठ गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक थमन बिसीले जानकारी दिए ।

मगलबार साँझ करिव पौने सात बजे भएको दुर्घटनापछि उनीहरुलाई उद्धार गरि बेलबासकै एडमनसिटी अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । दुर्घटनामा परेका २ युवतीलाई प्रादेशिक अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ११ : ०६ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल