१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

अध्यादेशमार्फत प्रशासनिक जटिलता हटाउने सरकारको प्रयास : असिम शाह



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलता हटाउन महत्त्वपूर्ण कदम चालेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले जनसरोकारका निर्णयहरू निश्चित समयसीमाभित्र सम्पादन गरी सुशासनको प्रत्याभूति गराउन अध्यादेश ल्याइएको उल्लेख गरे । “पुराना र जटिल कानुनी प्रावधानका कारण जनहितका कार्यमा हुने ढिलाइलाई यसले अन्त्य गर्नेछ,” उनले भने ।

उनका अनुसार २०८३ वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा अध्यादेशहरू प्रमाणीकरणका लागि रामचन्द्र पौडेल समक्ष पठाइएको हो ।

शाहले ती अध्यादेशहरू कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई नागरिकको हित र राज्य संयन्त्रको प्रभावकारिता अभिवृद्धिका लागि ल्याइएको दाबी गरे । “कानुनी जटिलताका कारण जनसरोकारका काम रोकिनु हुँदैन भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात गर्दै यसले देशको समृद्धिको यात्रालाई गति दिने आधार तयार पार्नेछ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

विगतमा दशकौँदेखि अल्झिएका प्रक्रियागत समस्याहरूको पहिचान गरी तिनको दिगो र वैज्ञानिक समाधान निकाल्ने सरकारको लक्ष्य रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ८ : ०५ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा