३१ भदौ २०८३, बुधबार | September 16, 2026

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह



काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी जग्गामा भइरहेको व्यवस्थापन प्रक्रियाबारे भ्रम फैलाउने प्रयास भइरहेको भन्दै सरकार गम्भीर रहेको बताएका छन् । उनले कसैलाई पनि घरबारविहीन नबनाइने र आवासको हक सुनिश्चित गरिने स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले सरकारका कदमहरू नागरिक हटाउने उद्देश्यले नभई स्थायी समाधान खोज्ने दिशामा केन्द्रित रहेको बताएका छन् । “सरकारले चालेका कदमहरू आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्नका लागि हुन्,” उनले उल्लेख गरेका छन् ।

सरकारले अवैध रूपमा भएको जग्गा अतिक्रमणलाई कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाए पनि वास्तविक भूमिहीन नागरिकलाई सुरक्षित र सम्मानजनक आवास उपलब्ध गराउन पूर्ण प्रतिबद्ध रहेको उनले दोहोर्‍याए ।

प्रधानमन्त्री शाहले भूमिसम्बन्धी ऐन, २०२१ का केही दफाहरू वर्तमान आवश्यकता अनुसार अध्यादेशमार्फत संशोधन/खारेज गरिएको जानकारी दिँदै अब भूमिहीनहरूको डिजिटल लगत संकलन र विवरण प्रमाणीकरणको काम सुरु भइसकेको बताए । यस प्रक्रियाले वास्तविक भूमिहीनको पहिचान गरी पारदर्शी र दीगो समाधानतर्फ अघि बढ्न सहयोग पुग्ने उनको भनाइ छ ।

उनले असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने र अन्य भूमिहीनको हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा निर्णय गरिने स्पष्ट पारे । सरकारले नागरिकको आवास अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले अपुष्ट सूचना नफैलाउन र अनावश्यक रूपमा नआत्तिन सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १० : ०४ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०