१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

जनमत पार्टीद्वारा मधेस सरकारबाट समर्थन फिर्ता



जनकपुर । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।

प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहालका अनुसार पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र प्राप्त भएको हो । उनले पत्र ढिलो प्राप्त भएकाले औपचारिक विज्ञप्ति भने जारी नभएको जानकारी दिए ।

मधेस प्रदेशसभामा जनमत पार्टीका १२ जना सदस्य रहेका छन् । हाल उक्त पार्टी अर्थ मन्त्रालयसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी रहेको थियो ।

पार्टीबाट महेश यादव अर्थमन्त्री तथा वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीमा रहेका छन् । प्रमुख सचेतक सिंहले पनि समर्थन फिर्ता लिएको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ७ : ५८ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको