११ भदौ २०८३, बिहिबार | August 27, 2026

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव



काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा जिल्ला समन्वय समिति (जिसस) खारेज गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । सरकारले संविधान संशोधनको गृहकार्य गरिरहेका बेला नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत केन्द्र र स्थानीय तह (पालिका) मात्र रहने गरी संरचना पुनःव्यवस्थित गर्न सुझाव दिएका हुन् ।

उनले लेखेका छन्, “पहिला रास्वपाले संघीयता खारेजको कुरा गर्थ्यो, अब संविधान संशोधन गर्ने कि नगर्ने ? गर्ने हो भने केन्द्र र पालिका मात्र होस् ।”

बास्कोटाले राष्ट्रिय सभालाई १०५ सदस्यीय बनाउँदै महिला र पुरुषको ५०-५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन् । साथै उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै, उनले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणाली खारेज गरी प्रत्यक्ष निर्वाचनमा महिला-पुरुषको ४०-६० प्रतिशत अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “राष्ट्रियसभा १०५ सिट, पूर्ण समावेशी, महिला-पुरुष ५०-५० प्रतिशत, उपराष्ट्रपति नै सभाध्यक्ष हुने व्यवस्था होस् । प्रतिनिधिसभाको समानुपातिक सिट खारेज गरी प्रत्यक्षमा महिला-पुरुष ४०-६० प्रतिशत अनिवार्य गरिनुपर्छ । जिसस आवश्यक छैन ।”

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  १० : ३५ बजे

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट