३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

आईएमई र सामसुङ नेपालले गरे वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारहरूलाई सशक्त बनाउने घोषणा



काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका नेपाली तथा नेपालमा रहेका उनीहरूका परिवारलाई लक्षित गर्दै नयाँ तथा आकर्षक ग्राहकलाभ योजना सार्वजनिक गरेको छ । अब, आइएमई मार्फत विदेशबाट नेपालमा रेमिट्यान्स पठाउने ग्राहकहरूले केवल पैसा प्राप्त गर्ने सुविधा मात्रै होइन, सामसुङका विभिन्न आधुनिक इलेक्ट्रोनिक सामान खरिद गर्दा विशेष छुट, क्यास ब्याक तथा अन्य आकर्षक अफरहरूको समेत लाभ लिन सक्ने भएका छन् ।

यस, अफरको लाभ लिन ग्राहकहरूले सर्वप्रथम आइएमई रेमिट मार्फत विदेशबाट नेपालमा पैसा पठाउनु पर्दछ । त्यसपछि नेपालमा पैसा प्राप्त गर्दा प्रयोग भएको आइएमई कन्ट्रोल नम्बर सुरक्षित राखेर सामसुङको आधिकारिक स्टोर वा डिलरकहाँ पुग्नुपर्नेछ । ग्राहकहरूले आफूलाई आवश्यक सामसुङका स्मार्टफोन वा अन्य घरेलु उपकरण छनोट गरि एजएफएल मार्फत सहज आइएमई वा ऋण सुविधा मार्फत खरिद प्रक्रिया पूरा गर्न सक्नेछन जसले ग्राहकलाई एकैपटक ठूलो रकम खर्च नगरी किस्ताबन्दीमा सामान खरिद गर्ने सुविधा प्रदान समेत गर्नेछ । आइएमई सुविधा२४ महिनासम्मको उपलब्ध छ ।

साथै स्मार्टफोन, स्मार्ट टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन लगायतका आधुनिक घरेलु तथा डिजिटल उपकरण खरिद गर्दा ग्राहकहरूले अधिकतम ६ प्रतिशतसम्म क्यास ब्याक खल्ती वालेटमा प्राप्त गर्ने व्यवस्था गरिएको छ । यसले विदेशमा बसेर कठिन परिश्रम गरी कमाएको रकमलाई अझ बढी उपयोगी र मूल्यवान बनाउने विश्वास कम्पनीले लिएको छ । त्यसैगरी, सामसुङ स्मार्टफोन खरिद गर्ने ग्राहकले एनसेल प्याक सक्रिय गर्दा बोनस डेटा सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यस, योजनाअन्तर्गत ग्राहकहरूले एनसेल रिचार्जमा अधिकतम १८० जिवी सम्म बोनस डेटा प्राप्त गर्ने अवसर पाउनेछन् ।

विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा उनीहरूका परिवारको दैनिक जीवनलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले ल्याइएको यो योजना ग्राहकहरूको आवश्यकता र चाहनालाई ध्यानमा राखेर तयार पारिएको आइएमईको कार्यकारी अधिकृत दिवाकर पौडेलले बताए । विदेशमा रहेर आफ्नो परिवारको सुख, सुविधा र भविष्यका लागि निरन्तर मेहनत गरिरहेका नेपालीहरूलाई लक्षित गर्दै आइएमईले रेमिट्यान्स सेवासँगै प्रत्यक्ष आर्थिक लाभ दिने प्रयास गरेको जनाएको छ । आईएमई लिमिटेडले ल्याएको यस अभियानमार्फत ग्राहकले आधुनिक प्रविधियुक्त सामसुङका उत्पादनहरू अझ सहज, किफायती तथा लाभदायक रूपमा खरिद गर्न सक्ने अपेक्षा गरिएको छ । रेमिट्यान्स सेवा प्रयोग गर्ने ग्राहकहरूलाई अतिरिक्त आर्थिक लाभ प्रदान गर्ने उद्देश्यले ल्याइएको यो योजना नेपाली उपभोक्ताहरूका लागि निकै उपयोगी र प्रभावकारी हुने विश्वास समेत गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  १ : ११ बजे

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन