२ कार्तिक २०८३, सोमबार | October 19, 2026

यसरी हेर्न सकिन्छ एसईईको नतिजा



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा रहेको जनाएको छ । बोर्डले यसवर्षको एसईईको नजिता हेर्न सकिने माध्यमबारे जानकारी समेत दिएको छ।

आइतबार बोर्डको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै एसईईको नतिजा हेर्ने माध्यमबारे जानकारी दिएको हो। एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

सूचनाअनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीआरसहित तीन ठाउँबाट जान्न सकिनेछ। त्यस्तै, १४ वटा वेबसाइटमा पनि नतिजा प्रकाशन गरिने कार्यालयले जनाएको छ।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका यस्तो छ :

  • नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
  • जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
  • एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू: इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।

  • राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.see.gov.np र www.neb.gov.np
  • नेपाल टेलिकम : www.see.ntc.net.np
  • कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
  • इडियु सञ्जाल : www.see.edusanjal.com
  • खल्ती: https://khalti.com/app
  • कलेज इन्फो नेपाल प्रालि : see.collegeinfonepal.com
  • द कनेक्ट प्लस प्रालि : https://theconnectplus.com
  • एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result
  • निमा एजुकेशन फाउन्डेसन : result.neemaacademy.com
  • फोनिक्स एजुकेशन फाउन्डेसन : resultayo.com
  • एम्बिसन गुरु प्रालि : see.ambition.guru
  • एनईबी रिजल्टस एन्ड न्युज प्रालि : https://see.merostudy.net
  • इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १ : ४७ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट