२७ बैशाख २०८३, आइतबार | May 10, 2026

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही वैशाख २८ गतेदेखि आगामी जेठ ३ गतेसम्म देशव्यापी रूपमा मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेसँगै महासङ्घले आफ्नो ऐक्यबद्धता जनाएको हो ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । महासङ्घले मन्त्रालयको परिपत्रअनुसार आफ्ना सदस्य उद्योग वाणिज्य सङ्घहरू, वस्तुगत सङ्घ र आबद्ध व्यवसायीलाई सम्पूर्ण उद्योगी, पैठारीकर्ता, सप्लायर्स, थोक तथा खुद्रा बिक्रेताहरूलाई आफूले बिक्री गर्ने वस्तु तथा सेवाको अद्यावधिक मूल्य सूची अनिवार्य र स्पष्ट देखिने गरी राख्न आग्रहसमेत गरेको छ ।

महासङघले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घलाई आ-आफ्नो क्षेत्रका बजारमा मूल्यसूची राखिएरनराखिएको सुनिश्चित गर्न र सचेतनामूलक कार्यक्रममा सहभागिता जनाउँदै यस अभियानलाई सफल बनाउन देशभरका सम्पूर्ण उद्योगी-व्यवसायीलाई सक्रियतापूर्वक सहभागी हुन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ९ : ०७ बजे

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य

अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको चेतावनी

तेहरान । इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको