२७ बैशाख २०८३, आइतबार | May 10, 2026

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देही जिल्ला स्थित विभिन्न स्थानहरुमा सञ्चालन गरेको स्वीप अप्रेशन गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने ११ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढीका बिपिन परियार, सम्मरीमाई गाँउपालिका वडा नं. ६ नगौलियाका कृष्ण गुप्ता, कुसदेव यादव र पवन गुप्ता रहेका छन् । त्यसैगरि भारत महाराजगंज थाना नवतुना अड्डाबजार बस्ने सुदिप कुर्मी, सिद्धार्थनगर नगरपालिका वडा नं. ९ बस्ने दिलिप कुर्मी, बिजय राजभर र रोजन बोहोरा क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

अन्य पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नं. १२ बस्ने प्रतियुष बस्याल, वडा नं. ६ बस्ने सुमिद्र राणामायादेवी गाँउपालिका वडा नं. ८ का आयुथ पौडेल रहेका छन् ।

पक्राउ परेकाहरुबाट मोडिफाई गरिएको केही थान मोटरसाइकल बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले बताए । समाजमा होहल्ला गर्ने, सर्वसाधारणलाई आतंकीत पार्ने तथा मोडिफाई गरेको मोटरसाइकल चढेर समाजमा ठुलो आवाजमा ध्वनी प्रदूषण गर्ने गरेको स्थानीयबासीको उजुरकिा आधारमा अप्रेशन चलाइएको प्रवक्ता चन्दले बताए । पक्राउ परेकाहरु माथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १० : १७ बजे

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य