१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु, विपक्षी दलहरूबाट सरकारको विरोध 



काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित नयाँ संसद् भवनमा अधिवेशनको पहिलो बैठक सञ्चालन भइरहेको हो ।

बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरु आ-आफ्नो आसनबाट उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गरे । तत्पश्चात् नेपाली कांग्रेस, नेकपा (एमाले) र श्रम संस्कृति पार्टीका सांसदहरुले आसन ग्रहण गरेपछि बैठक सुचारु भएको थियो ।

बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिइएको छ । यसपछि विपक्षी दलका सांसदलाई आकस्मिक समयमा तीनरतीन मिनेट बोल्न समय दिइएको छ ।

विपक्षी दलबाट बोल्नेहरुले सरकारले अध्यादेशबाट शासन संचालन गर्न खोजेको, स्वेच्छाचारी बन्दै गएको, सुकुम्बासीमाथि अत्याचार गरेको जस्ता आरोप लगाएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  २ : १८ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी