११ भदौ २०८३, बिहिबार | August 27, 2026

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमबारे विभिन्न राजनीतिक दलका नेताहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त भएको छ ।

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्रतिक्रिया दिँदै उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति रहबर अन्सारीले नवीनतम विषयवस्तु समेटिएकाले नीति तथा कार्यक्रम प्रगतिशील रहेको प्रतिक्रिया दिए ।

उनले भने, “यसपालि नयाँ प्रकारको बजेट आउँछ । विगत लामो समयदेखि अड्किएका धेरै विषयवस्तुलाई बजेटले खुकुलो तुल्याउँछ ।”

स्वतन्त्र सांसद महावीर पुनले नीति तथा कार्यक्रममा सबै विषयवस्तु समेटिएकाले समग्रमा राम्रो रहेको प्रतिक्रिया दिए । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुस्बु ओलीले नीति तथा कार्यक्रममा समेटिएका विषयवस्तु राम्रा भए पनि कार्यान्वयनका आधारमा मूल्याङकन गर्न उपयुक्त हुने प्रतिक्रिया दिइन् ।

उनले भनिन्, “नीति तथा कार्यक्रम जहिले पनि राम्रो आउँछ, मुख्य विषय भनेको कार्यान्वयन हो, त्यो कस्तो हुन्छ हेर्नुपर्ने हुन्छ ।”

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज गुरुङकले नीति तथा कार्यक्रममा विभिन्न विषयका नवीनतम कार्यक्रम उल्लेख भए पनि त्यसका लागि स्रोत कसरी जुटाउने भन्ने स्पष्ट नदेखिएको प्रतिक्रिया दिए । उनले भने, “नीति तथा कार्यक्रममा समेटिएका कतिपय विषयवस्तु फरक छन् । यस्तो गर्ने, उस्तो गर्ने भनिए पनि कसरी गर्ने, कहाँबाट स्रोत जुटाउने भन्ने प्रष्ट दृष्टिकोण देखिन्न । अब बजेट कस्तो आउँछ हेर्नुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पुष्पराज कँडेलले नीति तथा कार्यक्रम विषयवस्तुका हिसाबले हिजोको निरन्तरताका रूपमा रहेको प्रतिक्रिया दिए । उनले भने, “विगतको निरन्तरका रूपमा नीति तथा कार्यक्रम आएको छ, केही नयाँ विषय पनि परेका छन् । बाँकी कार्यक्रम कार्यान्वयनका आधारमा मूल्याङ्कन हुनुपर्छ ।”

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ९ : ४९ बजे

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन