१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई सिन्धुलीको कमलामाई बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनीमाथि स्मार्ट टेलिकम (स्मार्ट सेल)को सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी एनसेललाई बिक्री गरेको आरोप लागेको छ । मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस प्रकरणमा यसअघि पलिना श्रेष्ठ र नरेन्द्र उलक पनि पक्राउ परिसकेका छन्। उनीहरू पक्राउ परेपछि पाण्डे केही दिनदेखि कार्यालयमा अनुपस्थित रहेको स्रोतले जनाएको छ।

स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रक्रियामा वित्तीय तथा कानुनी अनियमितता भएको आशंकामा सीआईबीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ११ : २० बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको