३० भदौ २०८३, मंगलबार | September 16, 2026

संसदमा प्रधानमन्त्री बालेन्द्रको खोजी, रुलिङ गरेर बोलाउन प्रमुख प्रतिपक्षको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएको भन्दै आपत्ति जनाएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखसँग रुलिङको माग गरेका हुन्।

राईले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भए पनि उनी सदनमा उपस्थित नभएको बताए। “आज पनि अवस्था उस्तै छ। मैले प्रधानमन्त्री देखेको छैन। नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ, तर प्रधानमन्त्रीलाई सदनमा देख्न सकेनौँ,” उनले भने।

राईले संसदको गरिमा कायम राख्ने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई तत्काल सदनमा बोलाउन आग्रह गरे। “सदनको इज्जत राख्ने भूमिका सभामुखको हो। हजुर हाम्रो नायक हो, तत्काल रुलिङ गरेर प्रधानमन्त्रीलाई सभामा बोलाइदिनुहोस्,” उनले भने।

राईले मंगलबार कांग्रेस संसदीय दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग गरेको स्मरणसमेत गराए।

 

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : ०१ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज