३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ



खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । खजुरा गाउँपालिकाको १ नम्बर बजार क्षेत्रबाट शंकास्पद मासु सहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खजुरा -८ रनियापुरका फैयाद कुरैसी रहेका छन् । रिक्साको सिटमुनि लुकाएर नेपालगन्जतर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धनौलीको टोलीले मासु बरामद गरेको हो। प्रहरी निरीक्षक नवीन चापागाईंको नेतृत्वमा खटिएको टोलीले रिक्सा सहित १५० किलो बढी शंकास्पद मासु बरामद गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए ।

प्रहरीका अनुसार बरामद गरिएको मासु गाईको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । गाइको मासु भए नभएको परीक्षणका लागि ल्यावमा पठाइएको डीएसपी पातलीले बताए । रिक्सा चालकसमेत रहेका कुरैसीलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाएको छ । यसअघि पनि रनियापुर क्षेत्रबाट पटक पटक गाईको मासु नेपालगन्ज र त्यस आसपास सप्लाई हुँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

फोटो : खगेन्द्र दाहाल

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १० : ३१ बजे

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन