१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रधानमन्त्री जवाफ दिन नआए सदन बहिष्कार गर्छौं : हर्क साम्पाङ



काठमाडौं । श्रम संस्कृतिका पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद साम्पाङले प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी प्रतिनिधिसभा बैठकबाट बाहिरिने चेतावनी दिएका छन्।

प्रधानमन्त्री सदनमा उपस्थित नभई अरूमार्फत जवाफ दिनु संसद्को मर्यादा र लोकतान्त्रिक परम्पराविपरीत हुने बताए।

उनले प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूको धारणा नसुनेको उल्लेख गर्दै उत्तर दिने क्रममा भने अनिवार्य रूपमा उपस्थित हुने विश्वास व्यक्त गरे।

“उहाँले छलफलमा सुन्नुभएन, तर उत्तर दिने बेलामा उहाँ आउनुहुनेछ भन्ने विश्वास लिएको छु। यदि उहाँ आउनुभएन भने हाम्रो पार्टी बैठकबाट बाहिरिनेछ। हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन,” उनले भने।

 

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ५ : ०३ बजे

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको