१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

फ्राइडे रिलिज : आजदेखि ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा



काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजदेखि दुई नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा आएका छन् । दुवै चलचित्रमा महिला कलाकार मुख्य भूमिकामा रहेका छन् ।

चलचित्र ‘एक मुठ्ठी बादल’मा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा छिन् । चलचित्रलाई साहारा शर्माले निर्देशन गरेकी हुन् । यस चलचित्रमा आँचलसँगै निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ र मनिष निरौलालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा लिन्ह डान गुयेन फानको छायांकन तथा गौरव मल्लिकको सम्पादन रहेको छ ।

यस्तै, ‘फेन्टासी कमेडी ड्रामा’ शैलीमा निर्माण गरिएको चलचित्र ‘लाइफ ड्यामेज’मा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । चलचित्रलाई निमेष श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा सुरक्षा पन्तसँगै निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिशजंग थापा, अजय पन्त र निरू खड्कालगायत कलाकारको अभिनय रहेको छ ।

कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले ‘लाइफ ड्यामेज’मार्फत निर्देशन क्षेत्रमा डेब्यु गरेका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ६ : ५८ बजे

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका

कांग्रेस सभापति थापाद्वारा विशेष बैठक आह्वान, सरकारका गतिविधिबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

जनकपुरधाम । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका