१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

सेन्सर बोर्डको सदस्यमा निर्देशक मनोज पण्डित नियुक्त



काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पण्डितलाई समितिको सदस्यमा नियुक्त गरेका हुन् ।

सरकारले केही दिनअघि ल्याएको अध्यादेशका कारण सेन्सर बोर्डका तीन जना सदस्य पदमुक्त भएका थिए । सोही रिक्त पदमध्ये एकमा पण्डितलाई नियुक्त गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयका अनुसार पण्डितले नियुक्तिपत्र बुझिसकेका छन् । बाँकी दुई सदस्य पदमा भने नियुक्तिको प्रक्रिया जारी रहेको मन्त्रालयका प्रवक्ता रानामगरले जानकारी दिए ।

सरकारले गत साता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त तीन सदस्य पदमुक्त भएका थिए । त्यसपछि रिक्त रहेका पदहरूमा नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।

लामो समयदेखि चलचित्र निर्देशन क्षेत्रमा सक्रिय पण्डित अघिल्लो सरकारले ल्याएको चलचित्र विधेयकको विरोधमा पनि अग्रपंक्तिमा रहेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  १ : ४४ बजे

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका

कांग्रेस सभापति थापाद्वारा विशेष बैठक आह्वान, सरकारका गतिविधिबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

जनकपुरधाम । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका