३ श्रावण २०८३, आइतबार | July 19, 2026

सेन्सर बोर्डको सदस्यमा निर्देशक मनोज पण्डित नियुक्त



काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पण्डितलाई समितिको सदस्यमा नियुक्त गरेका हुन् ।

सरकारले केही दिनअघि ल्याएको अध्यादेशका कारण सेन्सर बोर्डका तीन जना सदस्य पदमुक्त भएका थिए । सोही रिक्त पदमध्ये एकमा पण्डितलाई नियुक्त गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयका अनुसार पण्डितले नियुक्तिपत्र बुझिसकेका छन् । बाँकी दुई सदस्य पदमा भने नियुक्तिको प्रक्रिया जारी रहेको मन्त्रालयका प्रवक्ता रानामगरले जानकारी दिए ।

सरकारले गत साता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त तीन सदस्य पदमुक्त भएका थिए । त्यसपछि रिक्त रहेका पदहरूमा नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।

लामो समयदेखि चलचित्र निर्देशन क्षेत्रमा सक्रिय पण्डित अघिल्लो सरकारले ल्याएको चलचित्र विधेयकको विरोधमा पनि अग्रपंक्तिमा रहेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  १ : ४४ बजे

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा