८ भदौ २०८३, सोमबार | August 25, 2026

असन्तुष्ट नेताहरूसँग सहकार्यका लागि जुनसुकै पद दिन तयार छु : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट रहेका नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन आफू तयार रहेको बताएका छन्।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले १४औँ महाधिवेशनबाट निर्वाचित भए पनि हाल केन्द्रीय समितिबाहिर रहेका सबै नेताहरूलाई पार्टीको मूल नेतृत्वमा समेटेर अघि बढ्न चाहेको बताए।

उनले आवश्यकता अनुसार वरिष्ठ नेता लगायत उपयुक्त पदमा राखेर ती नेताहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै पार्टी सञ्चालन गर्न चाहेको उल्लेख गर्दै यसलाई आफ्नो औपचारिक प्रस्ताव भएको स्पष्ट पारे।

सभापति थापाले आगामी महाधिवेशनको निर्वाचन समिति गठन गर्दा पनि कांग्रेसबाहिर रहेका नेताहरूको सुझाव र सहमतिलाई प्राथमिकता दिन तयार रहेको जानकारी दिए।

यसका साथै, उनले पार्टीका निर्णयहरू कुनै विशेष महाधिवेशनमा कसले भाग लियो वा लिएन भन्ने आधारमा नहुने स्पष्ट गर्दै सबैलाई समेटेर सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ४ : १७ बजे

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल

प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना

उमेर नपुगेका बालिकाहरुलाई स्पाको काममा लगाउने ३ जना स्पा संचालक पक्राउ

नेपालगन्ज । उमेर नपुगेका बालबालिकाहरुलाई अबैध काममा लगाएको भन्दै नेपालगन्जमा