१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित



काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित भएका छन् । गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसीले २१६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरेका थिए । निर्वाचनमा कुल ३५६ मत खसेको थियो । संघको महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित निर्वाचित भएकी छन् भने उपाध्यक्षमा शिवहरि बैरागी १४६ मत प्राप्त गर्दै विजयी भएका छन् ।

महासचिव पदमा सुनील कटवाल १९५ मतसहित निर्वाचित भए । सचिवमा गोपाल ढकाल २१४ मत प्राप्त गर्दै विजयी भए । त्यस्तै, कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मतसहित निर्वाचित हुँदा सहकोषाध्यक्ष पदमा पवन केसी १६१ मतसहित विजयी भएका छन् ।

संघको सदस्य पदमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ७ : २३ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका