११ कार्तिक २०८३, बुधबार | October 28, 2026

नेपालगन्जमा पेट्रोलियम पदार्थको हाहाकार, पम्पहरुमा पेट्रोल/डिजल छैन भन्ने सूचना टाँस



नेपालगन्ज । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचनाकै आधारमा बिक्रेताहरुले पेट्रोलियम पदार्थ नउठाउँदा नेपालगन्ज लगायतका शहरहरुमा आइतबार र सोमबार पेट्रोलियम पदार्थको हाहाकार देखिएको छ । मूल्य समायोजन गर्दा मूल्य घट्ने आशंकामा पेट्रोलियम पदार्थ खरिद नगरिदिँदा बजारमा पेट्रोलिम पदार्थको अभाव देखिएको हो ।

नेपालगन्जका अधिकांस पेट्रोल पम्पहरुमा डिजल र पेट्रोल नभएको सूचना टाँसिएको छ भने कतिपय पम्पहरु ताला लगाएर राखिएको छ । यसअघि १५ तारिखमा मूल्य समायोजन हुने गरेको र अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचना पाएपछि बिक्रेताहरुले शुक्रबारदेखि नै पेट्रोलियम पदार्थ नउठाएको आयल निगम स्रोतको दाबी छ ।

तुलनात्मकरुपमा बिहिबार देखि नै बिक्रेताहरुले पेट्रोलियम कम परिमाणमा उठाएको नेपाल आयल निगमका नेपालगन्ज डिपोका प्रमुख अजित पोख्रेलले बताए । उनले बिहिबार र शुक्रबार व्यवसायीहरु तेल उठाउन नआएपछि २ दिनको बिदा थपिँदा बजारमा अभाव देखिएको बताए ।

व्यवसायीहरुले भने २ दिनको बिदाका कारण सोमबार बिहानबाट पेट्रोलियम सकिएर बजारमा अभाव भएको दाबी गरेका छन् । उनीहरुले कार्यालय खुलेपछि पनि आयल निगमबाट बिल अनुसार डेलिभरीमा धिलाई गर्दा बजारमा अभाव देखिएको बताउँछन् । सोमबार कार्यालय समयमा नै भौचर जम्मा गर्दापनि साँझ सम्म डेलिभरी दिन नसक्नु निगमको व्यवस्थापनको कमी भएको नाम नछाप्ने सर्तमा एक व्यवसायीले बताए । ती व्यवसायीले मूल्य घटेर घाटा पर्ने डरले केही व्यवसायीले कम परिमाणमा तेल उठाएको स्वीकार गरे ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ५ : ४० बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय