६ श्रावण २०८३, बुधबार | July 22, 2026

रिट दर्ता अस्वीकारको विरोधमा नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने



काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको विरोधमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानसँग भेटवार्ता गरेपछि बसेको बारको बैठकले सर्वोच्च अदालत प्रशासनबाट ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ भएको निष्कर्ष निकाल्दै विरोध कार्यक्रम घोषणा गरेको हो ।

बारका महासचिव केदार कोइरालाका अनुसार नेपाल बार परिसरमा कानुन व्यवसायीहरूको सहभागितामा न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्दै विरोध प्रदर्शन गरिनेछ । बारले सर्वोच्च अदालतमा दर्ता हुन आएका रिट निवेदनहरू प्रशासनले दर्ता नगरी दरपीठ गरेर फर्काएको भन्दै यसले न्याय प्राप्तिको मार्गमा अवरोध सिर्जना गरेको ठहर गरेको छ ।

संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ अनुसार कामु प्रधानन्यायाधीशले दरपीठ उपरको निवेदन दर्ता गर्न आदेश दिए पनि प्रशासनले त्यसको पालना नगरेको बारको आरोप छ । यसै विषयलाई लिएर प्रतिनिधिसभामा केही सांसदहरूले गरेको टिप्पणीप्रति पनि बारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बारद्वारा जारी निर्णयमा उल्लेख गरिएको छ, “मिति २०८३ जेठ ५ गते दिनको १ः१५ बजे नेपाल बार परिसरमा लालटिन बालेर अदालत प्रशासनको अनपेक्षित गतिविधिको विरोधसहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गरिनेछ ।”

बारले दरपीठ गरिएको निवेदन विनाकारण दर्ता नगर्नु प्रशासनको अधिकार क्षेत्रभन्दा बाहिरको कार्य भएको र यसले न्यायिक प्रक्रियामै अवरोध पुर्‍याएको जनाएको छ ।

यस्तै, न्याय प्रशासनको अन्तिम जिम्मेवारी वहन गर्ने कामु प्रधानन्यायाधीशको आदेशसमेत कार्यान्वयन नगर्नु प्रशासनको ‘असाधारण र अप्राकृतिक’ रवैया भएको बारको टिप्पणी छ ।

बारले अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न रोक लगाउने संविधानको धारा १०५ लाई समेत बेवास्ता गरिएको जनाएको छ ।

साथै, संसदीय अभिलेखबाट आपत्तिजनक अभिव्यक्ति हटाउन र यस्ता घटना पुनः नदोहोरिने सुनिश्चित गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराइएको बारले जनाएको छ ।

नेपाल बार एसोसिएसनले आवश्यक परे आफ्ना सल्लाहकार तथा विभिन्न इकाइबाट प्राप्त सुझावका आधारमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पनि जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ६ : ५३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क