६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

केही जिल्लामा भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा अझै तातो दिन कायम रहने



काठमाडौँ । तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण केही जिल्लामा भारी वर्षा भएको हो ।

विभागका अनुसार पछिल्ला २४ घण्टामा सङ्खुवासभाको तुम्लिङटारमा ९५ मिलिमिटर, सुनसरीको चतरामा ८३ दशमलव चार मिलिमिटर वर्षा भएको छ । यस्तै, मकवानपुरमा ६७ दशमलव चार, तनहुँमा ६२, पर्वतमा ५० दशमलव चार मिलिमिटर वर्षा भएको छ । यी सबै ठाउँमा भारी वर्षा भएको हो ।

गएराति हुम्लामा भएको वर्षाले ठूलो भौतिक क्षति पुर्याएको थियो । हाल पनि सुनसुरी, सङ्खुवासभा, सिन्धुपाल्चोक, पाल्पा र सोलुखुम्बुका केही क्षेत्रमा पानी परिरहेको विभागले जनाएको छ ।

तराई क्षेत्रमा भने तापक्रम बढ्दो छ । आज धनगढी, दिपायल र नेपालगञ्जमा ४० डिग्रीभन्दा माथि तापक्रम रहेको छ । काठमाडौँमा पनि अधिकतम तापक्रम २८ दशमलव चार डिग्री पुगेको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बिहीबार कोशी प्रदेशलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।

मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानहरूमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ११ : ०२ बजे

केही जिल्लामा भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा अझै तातो दिन कायम रहने

काठमाडौँ । तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश

काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह)

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर