७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने



जनकपुर । मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुनात्मक रूपमा कम भएका कारणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरिएको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी समष्टिगत आर्थिक सूचकमा त्यस्तो जनाइएको हो ।

यस पटक पर्याप्त मात्रामा पानी नपरेका कारणले धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव पारेकाले विगत तीन वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने तथ्याङ्क अधिकृत नरबहादुर कुँवरले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा भने मधेसमा तीन दशमलव १८ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ मा दुई दशमलव ७२ प्रतिशत आर्थिक वृद्धि रहेको थियो । लगातार दुई वर्षयता मधेसको कृषि उत्पादनमा नकारात्मक प्रभाव पारेका कारणले आर्थिक वृद्धि दर खस्कँदै गएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा मधेस प्रदेशको योगदान १३ दशमलव एक प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

तथ्याङ्क सार्वजनिकीकरण कार्यक्रममा प्रदेशका नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले मधेस प्रदेशमा कृषिको योगदान घट्दा यो समस्या आएको बताए । आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राख्ने बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ६ : ४९ बजे

चितवनमा मह उत्पादनमा कमी

चितवन । जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी,

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट

गार्गीमा एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-११ देवीनगरस्थित गार्गी एकेडेमीले माध्यामिक

बालबालिकामा कुपोषण बढ्यो

काठमाडौं । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा