९ भदौ २०८३, मंगलबार | August 26, 2026

विद्यार्थीलाई नमाज पढ्नका लागि आइतबारको सट्टा शुक्रबार सार्वजनिक बिदा



नेपालगन्ज । संघीय सरकारले घोषणा गरेको दुईदिने सार्वजनिक बिदालाई बाँकेको खजुरा गाँउपालिकाले शुक्रबार र शनीबार बिदा दिने गरि निर्णय गरेको छ । संघीय सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि खजुरा गाँउपालिकाले भने शुक्रबार र शनिबार बिदा दिने निर्णय गरेको हो ।

पालिकाले शुक्रबार र शनिबारको बिदा शैक्षिक क्षेत्रमा मात्र लागु हुने स्पष्ट पारेको छ । पालिका अन्तर्गतका सबै बिद्यालयहरुलाई निर्देशन जारी गर्दै खजुरा गाँउपालिकाले शुक्रबारका दिन अधिकांस बिद्यालयका मुस्लिम समुदायका विद्यार्थीहरु नमाज पढ्न जानुपर्ने भएका कारण आइतबारको सट्टा शुक्रबार बिदा दिन निर्देशन दिएको छ । खजुरा गाँउ शिक्षा समितिको निर्णयानुसार शुक्रबार र शनिबार बिदा दिने निर्देशन जारी गरिएको पालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जानकारी दिए ।

‘मन्त्रिपरिषदको मिति २०८२/१२/२२ गतेको निर्णयानुसार शैक्षिक सत्र २०८३ मा शैक्षिक संस्थाहरुमा हसामा २ दिन शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी प्रास भएकोमा खजुरा गाउँ शिक्षा समितिको मिति २०८३/०२/०४ गतेको निर्णयानुसार सामुदायिक र संस्थागत विद्यालयहरुका समेत मुस्लिम धर्मालम्वीहरुका बालबालिकाहरु शुक्रवार अनिवार्य नमाजमा सहभागि हुन जाने कारण शुक्रबार नियमित पठनपाठनमा प्रभाव परेको कारण खजुरा गाउँपालिकामा सञ्चालित सम्पूर्ण विद्यालयहरुले हप्तामा दुई दिन शुक्रबार र शनिवार सार्वजनिक विदा गर्ने र आइतबार देखि विहीवारसम्म नियमित अध्ययन अध्यापनको व्यवस्था कार्यान्वयन सम्बन्धमा थप निर्देशन पठाइएको छ ।’ कार्यपालिकाले जारी गरेको निर्देशनमा लेखिएको छ ।

पालिकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन कार्यायन्वयनको बुदा १ देखि ६ सम्मको व्यवस्था समेत कार्यान्वयनको लागि सम्पूर्ण विद्यालयहरुलाई थप निर्देशन गरिएको जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  १२ : ०७ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त