५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रथम खजुरा गोल्डकपबाट ३ लाख बढी रकम बचत, गाँउभेला गरेर हिसाव सार्वजनिक



खजुरा । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाँउपालिकाको संरक्षकत्वमा बाँकेको खजुरामा सम्पन्न प्रथम खजुरा गोल्डकप प्रतियोगिताको गाँउभेला गरेर हिसावकिताव सार्वजनिक गरिएको छ । मुख्य आयोजक रहेको न्यु डाँफे स्पोर्टस क्लवले आज गाँउभेला गरेर हिसावकिताव सार्वजनिक गरेको हो ।

गोल्डकप सम्पन्न गर्न सहयोग पुर्याउने स्थानीयबासी र दाताहरुको भेलामा अन्तरक्रिया सहित प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक गरिएको छ । आर्थिक विवरण प्रस्तुत गर्नुअघि स्थानीयबासीलाई प्रतियोगिता र प्रतियोगिता सञ्चालनका क्रममा भएका कमीकमजोरी औंल्याउन आग्रह गरिएको थियो । भेलामा उपस्थित गाँउलेहरुले प्रतियोगिता सञ्चालनका क्रममा भएका कमीकजोरीहरु खुलेर औंल्याएका थिए ।

सहभागीहरुले उठाएको प्रश्न र जिज्ञासाहरुको जवाफ दिँदै क्लवका अध्यक्ष बालाराम खत्रीले पहिलो पटक गोल्डकप आयोजना गर्दा अन्जानमा कतिपय कमी भएको स्वीकार गर्दै आगामी प्रतियोगितामा सहभागीको सुझाव अनुसार कमीहरुलाई हटाउँदै जाने प्रतिबद्धता व्यक्त गरे । उनले सबैको सुझाव र आलोचनाबाट शिक्षा लिँदै अझै प्रभावकारी व्यवस्थापनमा दोस्रो गोल्डकप आयोजना गरिने बताए ।

प्रतियोगितामा कुल आम्दानी ५१ लाख ९६ हजार ०७१ आम्दानी भएको र ४८ लाख १९ हजार ३०४ रुपैयाँ खर्च भई ३ लाख ७६ हजार ७६७ रुपैयाँ बचत भएको अध्यक्ष खत्रीले सुनाए । आम्दानी मध्य १४ लाख ८३ हजार ५०० रुपैयाँ उठन बाँकी रहेको उनले बताए ।

बैशाख ६ गते सम्पन्न प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता रहेको थियो । प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाईजेरियन टोली जष्ट जोन एफसीले हात पारेको थियो । खजुरा गाँपालिका-४ डि गाउँस्थित मिनी रंगशालामा सम्पन्न खेलमा नाईजेरियन टोली जष्ट जोनले जेविएम क्लब लखनउ भारतलाई ४–० गोलले पराजित गर्दै गोल्डकप हात पारेको थियो ।

प्रतियोगिताको विजेतालाई ७ लाख रुपैयाँ र द्वितीयलाई ४ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेता टिमले विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरेका थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ५ : २५ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले