२८ असार २०८३, आइतबार | July 12, 2026

बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीलाई अतिरिक्त समयमा काममा खटाउादा प्रचलित व्यवस्थाअनुसार अतिरिक्त पारिश्रमिक दिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन संशोधन एवं परिमार्जन गर्दै कर्मचारीलाई अतिरिक्त समयमा काममा खटाउादा प्रचलित व्यवस्थाअनुसार अतिरिक्त पारिश्रमिक दिन निर्देशन जारी गरेको छ ।

यसबाहेक बैंक तथा वित्तहरुले कर्मचारीलाई कार्यालय समयबाहेक अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने पनि राष्ट्र बैंकले स्पष्ट निर्देशन दिएको छ।

राष्ट्र बैंकले सरल बैंकिङसम्बन्धी विद्यमान व्यवस्था परिमार्जन गर्दै स्थानीय तहमा कम्तीमा एक शाखा अपांगतामैत्री बनाउन पनि निर्देशन दिएको छ । ‘ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन इजाजतपत्रप्राप्त संस्थाले त्यस्ता ग्राहकहरुका लागि विशेष काउण्टर तोकी सेवा प्रदान गर्नुपर्नेछ’, निर्देशनमा भनिएको छ, ‘इजाजतपत्रप्राप्त संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ। यस प्रकारको शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्नेछ।’

त्यस्तै बैंक तथा वित्तले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थान ब्रेल साइन कन्ट्रोल बटन र अडिओ सपोर्टसहितको कम्तीमा एक अपांगमैत्री एटीएम राख्नुपर्ने पनि निर्देशनमा उल्लेख छ। यस प्रकारको एटीएमको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार अपाङ्गगता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग जस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने स्वघोषणा गरेको खण्डमा इजाजतपत्रप्राप्त संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्नेछ। इजाजतपत्रप्राप्त संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिहरुले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ भने इजाजतपत्रप्राप्त संस्थाले आफूले जारी गर्ने डेविट÷क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री ट्याक्टाइल फिचरहरु राख्नुपर्नेछ।

साथै, स्थानीय तहमा ५ (पाँच) भन्दा बढी शाखा रहेका स्थानमा बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा एक शाखा र एटिएम लाउञ्ज भएका स्थानमा १ (एक) एटीएम अपाङ्गमैत्री बनाउनुपर्नेछ । यसअघि बैंक तथा वित्तीय संस्थाले अपाङ्गगता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको थियो।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  १२ : ५७ बजे

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन