१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

नेपाल चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा



चितवन । नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ ।

‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको हो ।

सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सकहरु सहित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

विश्व मेडिकल एसोसिएसनका विज्ञहरुको भिडियो प्रस्तुतीकरण रहनेछ । देशभरबाट प्रतिनिधिमूलक रुपमा चिकित्सकहरु सहभागी हुनेछन् । अध्यक्ष डा कार्कीका अनुसार सम्मेलनमा चार वटा समूहगत छलफल गरिने छ । कार्यक्रममा ६० कार्यपत्र र अन्य वैज्ञानिक प्रस्तुतीकरणसहित गरी १०० भन्दा बढी प्रस्तुतीकरण हुनेछन् । सोही अवसरमा सङ्घका नवनिर्वाचित पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण समेत गरिने छ ।

सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिने उनले बताए। हरेक दुई र दुई वर्षमा हुँदै आएको यो कार्यक्रम १२ वर्षयता तीनर तीन वर्षमा गर्न थालिएको छ । उनका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौतीलाई समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल गरिनेछ ।

यसपटकको सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारहरूलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर वैज्ञानिक सत्रहरू सञ्चालन हुने अध्यक्ष डा कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  १ : १७ बजे

विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र परिषरमा आगलागी

नेपालगन्ज । बाँकेको नेपालगन्ज स्थित विद्युत प्राधिकारणको नेपालगन्ज वितरण केन्द्र

पाकिस्तानको बलुचिस्तानमा रेलमा विस्फोट, २४ को मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका

तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं । वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये

नेपाल चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन । नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७

ओलीमाथि दबाबका बीच एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित