२१ भदौ २०८३, आइतबार | September 6, 2026

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने



बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५ र १६ गते दोस्रो संस्करणको जिल्ला स्तरीय खुला पुरुष डोरी तान (टग अफ वार) प्रतियोगिता आयोजना हुने भएको छ ।

लोप हुँदै गएको परम्परागत खेलको संरक्षण तथा प्रवर्द्धन गर्दै खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित रामनगर खेल मैदानमा सञ्चालन हुनेछ ।

नेपाल खेलकुद महासंघ रुपन्देहीका अध्यक्ष समुन्द्र श्रेष्ठका अनुसार प्रतियोगिताको विजेताले नगद ६० हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी उपविजेताले ३० हजार ३३३ रुपैयाँ तथा तृतीय हुने टोलीले १५ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा रुपन्देही जिल्लाभित्र रहेका इच्छुक क्लब, संघसंस्था तथा समूहहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

आयोजक संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरोज क्षेत्रीका अनुसार प्रत्येक टोलीमा ८ जना खेलाडी, १ जना रिजर्भ खेलाडी, १ जना प्रशिक्षक र १ जना टिम म्यानेजर गरी कुल ११ जना सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

उनले एक टोलीको कुल तौल बढीमा ६४० केजीभित्र हुनुपर्ने नियम बनाइएको जानकारी दिए ।

प्रतियोगितामा सहभागी खेलाडीहरूले आफ्नो पालिका खुल्ने परिचय विवरणसहित मैदानमा उपस्थित हुनुपर्ने तथा टिम दर्ताका लागि दुई हजार रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ ।

महासंघका सदस्य इप्पल भण्डारीका अनुसार प्रतियोगितामा १६ भन्दा बढी टोलीको सहभागिता रहने अनुमान गरिएको छ ।

गत वर्ष सम्पन्न पहिलो संस्करणमा तिलोत्तमा फिटनेस सेन्टर विजेता बनेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ७ : ०८ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त